ग्रोथ स्टक भनेको के हो, कस्ता लगानीकर्तालाई यो बढी उपयोगी हुन्छ ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ग्रोथ स्टक भनेको के हो, कस्ता लगानीकर्तालाई यो बढी उपयोगी हुन्छ ?

काठमाडौं : सामान्यतयः ग्रोथ स्टक त्यस्ता कम्पनीहरुका सेयरहरु हुन् जसको वृद्धि औसत भन्दा उच्च गतिमा हुने गर्दछ । ग्रोथ सेयरहरु समग्र सेयर बजारको औसत वृद्धिको तुलनामा निकै उच्च दरमा बढिरहेका हुन्छ । यस्ता कम्पनीहरुले वर्तमान आम्दानीलाई भविष्यमा थप विस्तारका लागि खर्च वा प्रयोग गर्ने गर्दछन् । ग्रोथ स्टकहरु सेयर बजारमा सूचीकृत हरेक समूह वा क्षेत्रमा फेला पार्न सकिन्छ ।

यस्ता कम्पनीहरुको मूल्य आम्दानी अनुपात उच्च हुन्छ वा भनौं आम्दानीको तुलनामा भाउ निकै महँगो हुन्छ । अनि, सेयर बजारको भाउमा पनि बेलाबेला अलि बढी उतारचढाव आउने हुन सक्छ । ग्रोथ स्टक भन्नुको अर्थ उक्त कम्पनीले व्यापार, व्यवसाय र मुनाफालाई पनि उच्चदरमा वृद्धि गरिरहेका हुन्छन् भन्ने बुझ्नुपर्छ। यसरी हुने उच्च वृद्धिको त्यसको प्रत्यक्ष र सकारात्मक प्रभाव सेयर भाउमा पनि पर्ने गर्दछ ।

अधिकांश ग्रोथ स्टकहरु नयाँ किसिमका उत्पादनसहित भविष्यमा बजारमा ठूलो प्रभाव पार्ने किसिमका नयाँ कम्पनीहरु हुने गर्दछन् । ग्रोथ स्टकले पर्याप्त पुँजीगत लाभ दिन सक्ने सम्भावना हुन्छ । तत्काल भन्दा पनि निकट भविष्यमै कम्पनीको समग्र व्यवसाय र नाफामा छलाङ पार्ने संकेत यस्ता कम्पनीहरुले गरिरहेका हुन्छन् । यस्ता स्टकको भाउ केही हदसम्म भविष्यका लागि हेरेर पनि तिर्ने गरिन्छ । अर्थात् वर्तमानको वास्तविक मूल्य भन्दा केही महँगो हुन सक्छ । 

 

यद्दपि, अधिकांश ग्रोथ स्टकहरु सानो पुँजी भएका, मूल्यका हिसाबले अस्थिर र कहिलेकाँही वृद्धिमार्फत भाउमा उच्च गिरावट आउने सम्भावना बोकेका पनि हुन्छन् । यस्ता कम्पनीले लाभांश क्षमता भने वर्तमानका लागि तुलनात्मकरुपमा न्यून हुन सक्छ । सेयरको भाउमा उच्च वृद्धि आउने आशाले ग्रोथ स्टकमा लगानी गर्ने गरिन्छ । भविष्यमा वृद्धिको बढी सम्भावना राखिन्छ । 

 

ग्रोथ स्टक कस्ता लगानीकर्ताका लागि बढी उपयोगी ?

Read More
  • MBL - below news