एन.सी.सी बैंक र दराजबिच ११.११ मा छुट सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एन.सी.सी बैंक र दराजबिच ११.११ मा छुट सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी बैंक) र दराज अनलाइन सपिङ बिच छुट सम्बन्धी सम्झौता भएको छ। एन.सी.सी बैंकका ग्राहकले दराजमा एक दिने भव्य सेल– ११.११  अभियानमा छुट प्रदान गर्ने जनाइएको छ । सम्झौता अनुसार एन.सी.सी बैंकको डेविट कार्ड प्रयोगर्कताहरुलाई दराजबाट अनलाइन सपिङ्ग गरी भुक्तानी गर्दा थप १५% छुट दिने जसमा डेबिट कार्डमा अधिकतम रु ३,००० र क्रेडिट कार्डमा अधिकतम रु ३,५०० सम्मका छुट प्राप्त गर्न सकिनेछ । यो योजाना कार्तिक २५(नोभेम्बर ११) को दिन शुरु भई २४ घण्टामा समापन हुनेछ ।


देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका ७ वटै प्रदेशमा गरी कुल १३६ शाखा, ११० वटा एटिएम र ११ वटा एक्स्टेन्सन काउन्टर संचालित गरी बैँकले आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ । 

Read More
  • MBL - below news