महालक्ष्मी विकास बैंकले हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ्ग सेवालाई प्रतिस्थापन गर्दै ओम्नी च्यानलमा आधारित अत्याधुनिक बैंकएक्सपी प्रणालीमा स्तरोन्नत्ती गरि कात्तिक १५ देखि उक्त सेवाको सुभारम्भ गरेको छ।
बैंकले प्रदान गर्दै आएको मोबाइल बैंकिङ्ग सेवालाइ थप प्रविधिमैत्री एवंम समय सापेक्ष बनाउने उद्देश्यका साथ हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ्ग सेवालाई प्रतिस्थापन गरिएको बैंकले जनाएको छ।
यसबाट ग्राहक महानुभावहरुलाई डिजिटल कारोवार गर्दा सहज हुनुका साथै छिटो, छरितो, चुस्त तथा दुरुस्त हुने विश्वास यस बैंकले लिएको छ ।
यस सेवाको सुरुवात सँगै अब ग्राहक महानुभावहरुले यस बैंकको मोबाइल बैंकिङ्ग सुविधा मोबाइलका साथै वेब ब्राउजरका माध्यमबाट समेत लिन सक्नुहुनेछ । यसका साथै यस सेवामा अनेकन अत्याधुनिक विशेषताहरु छन् ।



