एक हप्तामै साढे ३९ करोड कमाएर गायब भयो स्क्विड गेम करेन्सी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एक हप्तामै साढे ३९ करोड कमाएर गायब भयो स्क्विड गेम करेन्सी

काठमाडौं । कोरियन सिरिज स्क्विड गेमले विश्वव्यापीरुपमा पाएको सफलतासँगै सोही नाममा अघिल्लो सातामात्रै स्क्विड गेम क्रिप्टोकरेन्सी सार्वजनिक भएको थियो ।

सार्वजनिक हुँदा शुन्यबाट सुरु भएको यस करेन्सीको मूल्य आकाशिएर एक हप्ताको अवधिमै दुई हजार ८५६ अमेरिकी डलरसम्म पुग्यो ।

एकाएक स्क्विडको मूल्य बढेसँगै धेरैले यसमा लगानी गरे । तर, अन्त्यमा उक्त करेन्सी बन्द भएको छ । यसलाई प्रवर्द्धकले खेलेर कमाउन सकिने क्रिप्टोकरेन्सीका रूपमा प्रचार गरेका थिए । यसको अर्थ यसमा क्वाइन किनेर अनलाइन गेम खेल्नुपर्छ ।

 

खेल्दै, लेभल पार गर्दै जाँदा उनीहरूले थप कमाउँदै पनि जान्छन् । त्यसरी जम्मा भएको टोकन पछि अन्य क्रिप्टोकरेन्सी वा राष्ट्रिय मुद्रामा साट्न सकिने बताइएकाे थियाे ।

Read More