नबिल बैंकले ३८% लाभांश दिने घोषणा


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल बैंकले ३८% लाभांश दिने घोषणा

नबिल बैंकले बैंकहरुमै अहिलेसम्मकै बढी लाभांश दिने भएको छ। बैंकको आज मंगलबार बसेको संचालक समितिले गत आर्थिक बर्षको कमाईबाट ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ३३.६ प्रतिशत बोनस सेयर र करसहित ४.४ प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

यस प्रस्तावलाई नियामक नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरे पश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ। 

Read More