सांग्रिला डेभलपमेन्ट बैंकका सत्रौं वार्षिक साधारण सभा सम्पन्न


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सांग्रिला डेभलपमेन्ट बैंकका सत्रौं वार्षिक साधारण सभा सम्पन्न

आज मिति २०७८/०७/१६ गते विहान १० बजे लैनचौर ब्याङ्क्वेट, (लैनचौर, काठमाण्डौमा) सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो सत्रौं वार्षिक साधारण सभा भौतिक तथा ZOOM प्रविधि मार्फत सम्पन्न गरेको छ । सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी २,७३,६९,७२,४२०/– को १० प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.५२६३ प्रतिशतले हुन आउने रकम रु. १,४४,०५,११८ (अक्षेरुपी एक करोड चवालीस लाख पाँच हजार एक सय अठार मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै आ.व. ०७७/७८ को वित्तीय विवरण पारित गरी सत्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर १०१ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 
 

Read More
  • MBL - below news