राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष डा. पाठकद्वारा शपथ ग्रहण


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष डा. पाठकद्वारा शपथ ग्रहण

राष्ट्रिय वाणिज्य बैंक Rastriya Banijya Bank  को सञ्चालक समितिका नवनियुक्त अध्यक्ष डा. बलराम पाठकले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

अध्यक्ष डा. पाठकले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम मंगलबार पद तथा गोपनीयताको शपथ लिएका हुन्। 

बैंक सञ्चालक समितिको सोमबारको बैठकले उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । उनले अर्थशास्त्रमा विद्यावारिधी गरेका छन्। 

उनीसँग राष्ट्रिय बीमा कम्पनीको सञ्चालकको रुपमा काम गरेको अनुभव पनि छ । डा. पाठक हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत अर्थशास्त्रको प्राध्यापन पेशामा आवद्ध छन्।

Read More
  • MBL - below news