कात्तिक १६, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको साढे एक घण्टाको अवधिमा कारोबारमा आएका २१४ ओटा धितोपत्रमध्ये महालक्ष्मी विकास बैंकको धितोपत्रको सर्वाधिक खरीदविक्री भएको छ ।
सो अवधिमा कम्पनीको रू. २३ करोड ९१ लाख बराबरको शेयर खरीदविक्री भएको हो । यो समाचार तयार पर्दा कम्पनीको शेयरमूल्य रू.७२५ मा कारोबार भइरहेको छ ।
यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव ३२ प्रतिशत वृद्धि भएको हो ।






