काठमाडौं । सार्वजनिक सवारी साधनमा विद्युतीय भुक्तानी लागू गर्न बागमती प्रदेशले तयारी थालेको छ ।
मध्यम तथा लामो दूरीका सवारीसाधनमा विद्युतीय भुक्तानी लागू गर्न प्रदेश सरकारले नियमावली बनाएर कार्यन्वयन गर्ने तयारी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी राजन पोखरेलले बताए ।
सार्वजनिक सवारी साधनमा विद्युतीय भुक्तानी लागू गर्न प्रदेश सरकारले प्रदेश राजपत्रमा भदौ १० गते सूचना जारी गर्दै सोसम्बन्धी नियमावली सार्वजनिक गरेको थियो ।
नियमावली अनुसार सार्वजनिक यातायात सेवाप्रदायकले आफ्नै आधिकारिक वेबसाइट वा आधिकारिक भुक्तानी सेवाप्रदायकको मोबाइल एप वा वेब पोर्टल बनाएर टिकट बिक्री गर्नुपर्नेछ ।





