काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढी स्थित शाखा कार्यालय चौतारा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । प्रतिनिधि सभाका सभामुख सम्माननीय अग्निप्रसाद सापकोटाले ताम्रपत्र अनावरण गरी बैंकको चौतारा शाखा कार्यालय एवं एटिएम सेवाको शनिबार विधिवत रुपमा समुदघाट्न गरेका हुन् । उक्त अवसरमा प्रतिनिधि सभाका सभामुख सम्माननीय अग्निप्रसाद सापकोटाले राष्ट्रिय वाणिज्य बैंकमा बैंकिङ कारोबार गर्दा विश्वसनीय, सस्तो र सहज भएकाले नागरिकले बैंकसंग कारोबार गरी सरकारलाई सहयोग गर्नुपर्ने बताए ।
उनले अबको युग डिजिटल प्रविधिको प्रयोगतर्फ गईरहेकाले डिजिटल बैंकिङ कारोबारबाट हुने जोखिमलाई न्यूनिकरण गर्दै डिजिटल बैंकिङमा जोड दिनुपर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आम नागरिकलाई आधुनिक बैंकिङ सेवा प्रवाह गर्दै सरकारी नीति तथा कार्यक्रममलाई सघाउ पुग्ने गरी प्राथमिकताका साथ कार्य गरिरहेको बताए ।






