कात्तिक ११, काठमाडौं । साताको अन्तिम काराबोर दिन बिहीवार बजार खुलेको सवा एक घण्टाको अवधिमा नबिल बैंकको सर्वाधिक रू.६ करोड ९३ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
उक्त अवधिसम्ममा कारोबारमा आएका २१४ ओटा धितोपत्रमध्ये उक्त कम्पनीको शेयर सर्वाधिक शेयर खरीदविक्री भएको हो । सो अवधिसम्ममा कम्पनीको रू. ६ करोड ९३ लाख ८२ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।
यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ६१३ मा कारोबार भइरहेको छ ।
कम्पनीले विगतमा अकर्षक लाभांश वितरण गर्दै आएको र यसवर्ष पनि आकर्षक लाभांश पाउने अपेक्षाले पनि सर्वाधिक शेयर खरीदविक्री भएको देखिन्छ ।




