क्यूआर कोर्ड मार्फत कारोबार गरेर डिजिटल वेनीफिट लिन भगर्नर अधिकारीको आव्हान


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
क्यूआर कोर्ड मार्फत कारोबार गरेर डिजिटल वेनीफिट लिन भगर्नर अधिकारीको आव्हान

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोर्डको प्रयोगबाट डिजिटल कारोबार गरेर छिटो छरितो अर्थतन्त्रको विकास गर्न आम नागरिकलाई आव्हान गर्नुभएको छ । भाटभटेनी सुपरमार्केटमा सुरु भएको क्यूआर कोर्डको समुद्घाटन गर्नुहुँदै गभर्नर अधिकारीले डिजिटल कारोबारमा भएको बृद्धिले आर्थिक कारोबारलाई सहजतातर्फ धकेलेको बताउनुभयो । उहाँले डिजिटल कारोबारको बृद्धिले मात्रै क्यासलेस कारोबारमा पुग्न सहज हुने उल्लेख गर्नुभयो । गभर्नर अधिकारीले ठुला डिपार्टमेन्ट स्टोरदेखि ससाना फलफूल पसलसम्म क्यूआर कोर्डको प्रयोग गर्न सकिने हुँदा यसको फाइदाहरु समेत औल्याउनुभयो । गभर्नर अधिकारीले डिजिटल नेपालको फ्रेमवर्क लक्षलाई साथ दिएर अघि बढ्ने बैंकवित्तहरुलाई धन्यवाद दिँदै आम नागरिकलाई डिजिटल कारोबार गर्न आवहान गर्नुभयो । त्यस अवसरमा उहाँले भाटभटेनी सुपरमार्केटमा क्यूआर कोर्डको प्रयोगबाट भुक्तानी गरी सामान खरिद गर्ने कार्यको समेत सुरुवात गर्नुभयो ।

प्रभु बैंकले फोनपेको क्यूआर प्रयोगबाट भाटभटेनी सुपरमार्केटमा डिजिटल कारोर सुभारम्भ गरेको हो । कार्यक्रममा प्रभु बैंकका सिइओ अशोक सेरचनले प्रभु बैंक डिजिटल कारोबारलाई हर प्रयासबाट अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समारोहमा भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीन बहादुर बोहराले डिजिटल अभियानलाई आफूले सक्दो अघि बढाउने र क्यूआर कोर्ड प्रयोग गर्ने ग्राहकलाई छुट दिने बताउनुभयो ।

Read More