सांग्रिला डेभलपमेन्ट बैंकको निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सांग्रिला डेभलपमेन्ट बैंकको निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आयोजना गरेको निःशुल्क स्वास्थ्य परीक्षण शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै आज २०७८ कात्तिक १० गतेका दिन देशभर रहेको ९८ शाखा कार्यालयहरु मध्ये केन्द्रीय कार्यालय बालुवाटार, शाखा कार्यालयहरु ठिमी, पोखरा न्यूरोड, नेपालगंज, घोराही, धनगढी, नारायणगढ, बुटवल, इटहरी, गोरखा र भैरहवा गरी जम्मा ११ वटा शाखा कार्यालय मार्फत रक्तदान कार्यक्रम तथा केन्द्रीय कार्यालय बालुवाटारमा थप निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो । 

वालुवाटार काठमाडौमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ६५ जनाले आफ्नो स्वास्थ्य परीक्षण गराई लाभान्वित भएका थिए भने नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न शाखा कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा ७४३ जना व्यक्तिहरुले रक्तदान गर्नुभएका थिए ।

विभिन्न शाखा कार्यालयमा विभिन्न क्षेत्रका महत्वपूर्ण व्यक्तिहरुको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा हजार भन्दा वढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।  मेराकी हेल्थ सोलुसल प्रा.लि.को सहकार्यमा सम्पन्न बालुवाटारमा भएको उक्त स्वास्थ्य परीक्षण शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण गराइएको थियो । 

यस कार्यक्रमले विभिन्न क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १७ औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको छ । 
 

Read More
  • MBL - below news