तीन महिनामा एनसीएचएलले गर्‍यो ४१ खर्बको कारोबार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
तीन महिनामा एनसीएचएलले गर्‍यो ४१ खर्बको कारोबार

९ असोज, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को कारोबार १०७ प्रतिशतले वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात साउनदेखि असोज महिनासम्म एनसीएचएले ४१ खर्ब २ अर्ब रुपैयाँको कारोबार गरेको छ ।

कम्पनीले विभिन्न भुक्तानी प्रणालीहरुमार्फत आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा १ करोड ७१ लाख भन्दा बढी कारोबारहरु प्रोसेस र फर्स्यौट गरेको कम्पनीले जनाएको छ । यो अघिल्लो आर्थिक वर्षमा भएको कारोबार संख्यामा आधारमा १०७ प्रतिशतले धेरै हो ।

Read More