आईसीएफसी फाइनान्सको शेयर खरीद माग सबैभन्दा उच्च


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
आईसीएफसी फाइनान्सको शेयर खरीद माग सबैभन्दा उच्च

कात्तिक ९, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार धितोपत्र कारोबारमा आईसीएफसी फाइनान्सको शेयर खरीद माग सर्वाधिक रहेको छ । 

कम्पनीले यस वर्ष गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

केहि दिनदेखि कम्पनीको शेयर खरीद माग उच्च रहँदै आएको छ । मंगलवार सर्वाधिक शेयर खरीद माग रहेको उक्त कम्पनीको शेयरमूल्य रू. ८०० कायम भएको छ । १२ बजेर १५ मिनेटसम्मको कारोबार अवधिसम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३७ ले बढेको हो । 

उक्त अवधिसम्ममा कम्पनीको २ लाख १२ हजार १७० कित्ता शेयर खरीद माग रहेको छ भने १० हजार ७२६ कित्ता शेयर विक्री माग रहेको छ ।

Read More
  • EBL