८ असोज, काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा डा. रबीन्द्र घिमिरे नियुक्त भएका छन् । सरकारी स्वामित्वको पुनर्बिमा कम्पनीमा सरकारले घिमिरेलाई चार वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घिमिरेलाई मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको जानकारी दिए ।




