६५ स्थानबाट अनलाइनमार्फत जग्गा खरिद–बिक्री गर्न सकिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
६५ स्थानबाट अनलाइनमार्फत जग्गा खरिद–बिक्री गर्न सकिने

काठमाडौँ — देशभरका ६५ स्थानबाट अनलाइन माध्यमबाटै जग्गा खरिद–बिक्री गर्न सकिने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग अन्तर्गतका ६५ स्थानका मालापोत कार्यालयबाट ‘भू–सेवा केन्द्र’ अर्थात पब्लिक एक्सेस मोडल (पाम) सञ्चालनमा आएको प्रवक्ता गुरुदत्त सुवेदीले जानकारी दिए । 

‘पाम सेवाग्राहीले मालपोतमा जे–जे लिनुपर्छ ति कागजहरु व्यक्ति आफैले अनलाइनमार्फत लिनसक्ने सक्ने व्यवस्था हो,’ उनले भने, ‘अहिले जनता आफैंले सक्ने नभईन्जेलसम्म भू–सेवा केन्द्रको अनुमति लिएर विभिन्न पूर्व लेखापढी व्यवसायी, लेखापढीका लाइसेन्स भएकाहरुले यस्तो केन्द्र सञ्चालन गरिरहेका छन् ।’ पछि जो कोही सेवाग्राहीले घरघरबाटै यो सेवा लिनसक्ने गरि विस्तार गर्ने योजना विभागको छ । हाल निश्चित व्यक्तिलाई यस्तो सेवा केन्द्र संचालनको अनुमति दिने गरिएको छ ।

Read More