एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि.ले Transformation of Transformation Ridres: Management Development Program, Toward the Journey of Number 1 तथा त्रैमासिक समिक्षा कार्यक्रम कार्तिक ०५ र ०६ गते गोर्कण स्थीत हिमाली घर रिर्सोटमा सम्पन्न गरेको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, प्रमुख व्यपार अधिकृत अर्जुन श्रेष्ठ, कम्पनी सचिव प्रलाहद चन्द्र निरौला लगायत सम्पूर्ण विभागिय प्रमुखको आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा देश भरिका प्रदेश प्रमुख, उप–प्रदेश प्रमुख लगाएत कार्पोरेट कार्यालयका कर्मचारीहरुको उपस्थीती रहेको थियो ।
कर्यक्रमको स्वागत मनतव्यको क्रममा बोल्दै संस्थाका प्रमुख व्यपार अधिकृत अर्जुन श्रेष्ठले संस्थाले यस आर्थिक बर्षको प्रथम त्रयमासमा हाल सम्मकै उच्च ५.१५ अर्बको कर्जा बृद्धि गर्न सफल भएकोमा कर्मचारीहरुको मेहेनतलाई उच्चतम् मुल्याङ्कन गर्दौ सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । त्यस्तै उहाँले यस किसिमको उपलब्धिहरु हाँसिल गर्दै जाने र निकट भविष्यमै संस्था देशकै अब्बल तथा नं १ लघुवित्त बन्ने विश्वास समेत व्यक्त गर्नु भएको थियो ।
उक्त २ दिने सम्मेलनमा संस्थाको प्रथम त्रैमासको उपलब्धिको समिक्षा, आगामी त्रैमासिकका लागि लक्ष्य निर्धारण, लक्ष्य प्राप्तीका लागि आवश्यक रणनीति, साथै आगामी दिनमा संस्थाको सेवाहरु उत्कृष्ट बनाउनका लागि आवश्यक निति, नियम तथा निर्णयका बारेमा छलफल गरिएको थियो । उक्त कार्यक्रममा प्रथम त्रैयमासमा व्यवसायिक लक्ष्य हासिल गर्ने विभागीय प्रमुखहरु, प्रदेश प्रमुखहरु तथा उप–प्रदेश प्रमुखहरुलाई कार्य उपलब्धिको प्रमाण पत्र प्रदान गरिएको थियो ।
सम्मेलन कार्यक्रमको समापनमा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले आगामी त्रैमासिकको लक्ष्य प्राप्तिका लागि उपस्थित कर्मचारीहरुलाई दत्तचित्त भई लाग्न निर्देशन दिनुको साथै आउँदै गरेको शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण कर्मचारीमा शुभकामना व्यक्त गर्नु भएको थियो ।




