आज कार्तिक ७ गते आइतबार ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि कार्तिक ८ गते सोमबार बुक क्लोज गरेका १ बाणिज्य बैंक, १ लघुवित्त र १ रियल सेक्टर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
आज कुमारी बैंक, गुराँस लघुवित्त र शिवम् सिमेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
कुमारी बैंकले कात्तिक १६ गतेका लागि साधारणसभा डाकेको बैंकले छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट ६ प्रतिशत बोनस र कर प्रयोजनका समेत गरि २.६७ प्रतिशत नगद गरि कुल ८.६७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। उक्त लाभांश बैंकको साधारणसभाबाट पारित भएपश्चात सेयरधनिहरुले प्राप्त गर्नेछन्। गत आर्थिक बर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने , अन्य बैंक वित्तीय सँस्थालाई प्राप्ति तथा मर्जरको लागि अख्तियारी दिने, बैंकको अधिकृत तथा चुक्तापुंजी वृद्धि गर्ने लगायतका एजेन्डाहरु साधारणसभामा प्रस्तुत हुनेछन्।
साधारणसभा प्रयोजनार्थ बैंकले कात्तिक ८ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ। यसअनुसार कात्तिक ७ गतेसम्म कायम सेयरधनीधरुले मात्रै बैंकको साधारणसभामा भाग लिन तथा बैंकले दिने लाभांश प्राप्त गर्न सक्नेछन्।




