बुक भ्याल्यू भनेको के हो ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बुक भ्याल्यू भनेको के हो ?

काठमाडौं : सेयर बजारका लगानीकर्ताले विभिन्न टर्म तथा प्राविधिक शब्दाबलीलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । किनभने लगानी गर्दा यस्ता विषयले निकै महत्व ओगट्ने गर्दछ । कस्ता कम्पनीमा लगानी गर्ने ? लगानी गरिएका कम्पनीहरुले भविष्यमा कति नाफा दिन सक्छ अनि कुनै कारणबश कम्पनी टाट पल्टिएमा, बन्द वा खारेज हुने अवस्थामा पुगेमा लगानी कति सुरक्षित रहन्छ अथवा कति फिर्ता पाइन्छ भन्नेसम्म सोच्नुपर्ने हुन्छ । सेयर बजारमा बुक भ्याल्यू टर्मलाई अलिबढी बस्तुपरक मानिन्छ ।

यसमा कम्पनीको ब्यालेन्स सीट र अन्य महत्वपूर्ण वित्तीय विवरणहरु समेत समावेश गरिएको हुन्छ । बुक भ्यालू बढी भएको कम्पनीलाई राम्रो मानिन्छ । त्यसो त बुक भ्याल्यूसँगै अन्य थुप्रै पक्ष र विषयहरुलाई पनि लगानीकर्ताले सँगसँगै ध्यान दिनुपर्ने हुन्छ । तथापि, यो एउटा महत्वपूर्ण औजार हो । बुक भ्याल्यूसँगै जोडिएर आउने अर्को महत्वपूर्ण टर्म मार्केट भ्याल्यू हो । बुक भ्याल्यूसँग मार्केट भ्याल्यूलाई तुलना गरेर हेर्ने चलन पनि हुन्छ । 

 

त्यसो भए के हो त बुक भ्याल्यू ? 

 

बुक भ्याल्यूलाई ‘ब्रेक–अप भ्याल्यू’ का रुपमा पनि लिन सकिन्छ । अर्थात कम्पनी टाट पल्टिएर लिक्विडेसनमा गएको अवस्थामा कायम रहने मूल्य । सम्पतिका आधारमा कम्पनीको वास्तविक भ्याल्यू निर्धारण गर्ने गणना विधिका रुपमा बुक भ्याल्यूलाई लिने गरिएको छ । बुक भ्याल्यू कम्पनीको ब्यालेन्स सीटमार्फत गणना गरिन्छ । लगानीको क्षेत्रमा बुक भ्याल्यूको अर्थ अलि विस्तारित रहने गरेको छ । सर्वप्रथम कम्पनीको कुल सम्पति (भौतिक सम्पति, लगानी, कोष, रियल स्टेट लगायत सबै) हिसाब हुन्छ ।

जसबाट कुल दायित्व (कर्जा, कर, ऋण लगायत) घटाइन्छ । सामान्यतयः बौद्धिक सम्पति, कपिराइट, पेटेन्ट लगायत अमूर्त सम्पतिहरु पनि कुल सम्पतिबाट घटाइन्छ । यसरी कुल सम्पतिबाट दायित्व तथा अमूर्त सम्पति घटाएपछि कम्पनीको बुक भ्याल्यू गणना हुन्छ । यस्तै, कम्पनीको कुल सेयर संख्याले बुक भ्याल्यूलाई भाग गर्दा प्रतिसेयर बुक भ्याल्यू प्राप्त हुन्छ ।

...

Read More
  • MBL - below news