कात्तिक ५, काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।
कम्पनीले रू. ६० लाख बराबरको ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।
विक्री प्रबन्धकमा बि.ओ.के क्यापिटल लिमिटेड रहेको छ । आवश्यक प्रक्रिया पुरा गरेपछि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ करोड ४० लाख रहेको छ । आईपीओ निष्कासन तथा बाँडफाँट पश्चात पूँजी रू. २ करोड पुग्नेछ ।




