इसेवाका ग्राहकसँग कोड मागेर ठगीको प्रयास, सचेत रहन कम्पनीको आग्रह


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
इसेवाका ग्राहकसँग कोड मागेर ठगीको प्रयास, सचेत रहन कम्पनीको आग्रह

भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले सचेत रहन आफ्ना ग्राहकहरुलाई आग्रह गरेको छ । केही अनधिकृत व्यक्तिहरुले ठगी गर्ने उद्देश्यले इसेवाका ग्राहकहरुलाई फोन गरी कोड मागेको इसेवाले जनाएको छ।

कम्पनीले भनेको छ 'केही अनधिकृत व्यक्तिहरुले ठगी गर्ने उद्देश्यले इसेवाका ग्राहकहरुलाई फोन गरी आफु इसेवाको प्रतिनिधी भएको र इसेवा खाता नविकरण, भेरिफिकेसन वा अरु कामको लागि कोड पठाएको भन्दै माग्ने गरेको व्यहोरा हाम्रो जानकारीमा आएको छ।'

यस्तो कुनै फोन वा म्यासेज आएमा, सजग रहन र कुनै पनि अवस्थामा उक्त कोड प्रदान नगर्न इसेवाले आग्रह गरेको छ। इसेवाले कहिले पनि ग्राहकसँग कुनै पनि कोड वा OTP नमाग्ने पनि इसेवाले प्रष्ट पारेको छ।

Read More