३ करोड नाघ्यो इन्टरनेट प्रयोगकर्ताको संख्या, एकैवर्ष ९२ लाख थपिए


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
३ करोड नाघ्यो इन्टरनेट प्रयोगकर्ताको संख्या, एकैवर्ष ९२ लाख थपिए

काठमाडौं । नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या ९२ लाख जना थपिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रयोगकर्ताको संख्या ९१ लाख ८९ हजार ८ सय ४० ले बढेको हो । यो वृद्धिसँगै कुल प्रयोगकर्ताको संख्या ३ करोड ९ लाख ९३ हजार पुगेको छ । 

कुल प्रयोगकर्तामध्ये मोबाइल ब्रोडब्यान्डको प्रयोगकर्ता २ करोड २९ लाख ८५ हजार र फिक्स्ड ब्रोडब्यान्डको प्रयोगकर्ता ७७ लाख ९६ हजार रहेको छ । ब्रोडब्यान्ड अन्तर्गत फाइबर अप्टिक्स, केवल, वायरलेस, केबल, डीएसएल र स्याटेलाइट इन्टरनेट सेवा पर्छन् । 

यस्तो प्रयोगकर्ताको संख्या आर्थिक वर्ष २०७४/७५ मा १ करोड ४९ लाख मात्रै रहेको थियो । आर्थिक वर्ष २०७५÷७६ मा १ करोड ९४ लाख आर्थिक वर्ष २०६÷७७ मा २ करोड १८ लाख रहेको प्रयोगकर्ता गत वर्षको अन्तिमसम्म ३ करोड नाघेको हो । 

Read More