बिटक्वाइनको मूल्यमा नयाँ रेकर्ड


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बिटक्वाइनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । डिजिटल करेन्सी बिटक्वाइनको मूल्य यो वर्षकै उच्च विन्दुमा पुगेको छ । क्वाइन डेस्कका अनुसार पछिल्लो पटक बिटक्वाइनको मूल्य ६६,९७४.७७ डलरसम्म पुगेको छ ।

सन् २०२१ सुरु भएयता यो मूल्य हालसम्मकै धेरै हो । सन् २०२१ को सुरूवातमा यसको मूल्य २९ हजार डलरको हारहारीमा थियो । सो समयको तुलनामा अहिले १३१ प्रतिशतले बिटक्वाइनको बजारमूल्य बढेको हो ।

संयुक्त राज्य अमेरिकाले यसलाई ‘फ्युचरबेस एक्सचेन्ज ट्रेडेड फण्ड’ का रूपमा मान्यता दिएपछि पछिल्लो समय बिटक्वाइनको मूल्य बढेको विश्लेषण गरिएकाे छ । यसपछि लगानीकर्ताले बिटक्वाइनमा चासो देखाउन थालेका छन् ।

Read More