हिमालयन रि इन्स्योरेन्सको स्थगित भएको प्रथम साधारणसभा कार्तिक २६ गते हुने भएको छ । कम्पनीले यस अघि कार्तिक १२ गते होटेल अलोफ्टमा सभा आह्वान गरेमा काबु बाहिरको परिस्थितिको कारण भन्दै स्थगित गरेको थियो । सोहि साधारणसभा अब कार्तिक २६ गते शुक्रबार होटेल अलोफ्टमा हुने भएको हो ।
कम्पनीको साधारणसभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायले थप संशोधनको लागि निर्देशन दिएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छ ।





