सिभिल बैंकलाई ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिभिल बैंकलाई ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति

कात्तिक ३, काठमाडौं । सिभिल बैंकले रू. ३ अर्ब बराबरको  ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । 

अनुमति पाएसँगै कम्पनीले रू.१ हजार अंकित दरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ  । कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा २०८८ सम्मका लागि ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । 

स्वीकृति पाएसँगै कम्पनीले कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट अन्य संघसंस्थालाई विक्री गर्नेछ ।

विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले उक्त ऋणपत्र निष्कासन गर्नका लागि धितोपत्र बोर्डबाट असोज २४ गते अनुमति पाएको हो । 

Read More
  • MBL - below news