कनेक्ट आईपीएसबाट दसैँभर ९ अर्ब रुपैयाँभन्दा धेरै कारोबार


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कनेक्ट आईपीएसबाट दसैँभर ९ अर्ब रुपैयाँभन्दा धेरै कारोबार

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सञ्चालन गर्दै आएको विद्युतीय भुक्तानी माध्यम कनेक्ट आईपीएसबाट दसैँको १० दिनमा झण्डै १० अर्ब रुपैयाँ बराबर कारोबार भएको छ । घटस्थापना (आश्विन २१) देखि एकादशी (आश्विन ३०) भित्र उक्त प्रणालीमार्फत ९ अर्ब २० करोड रुपैयाँ बराबर कारोबार भएको हो । उक्त कारोबार अघिल्लो वर्षको दसैँको तुलनामा ३१७% ले वृद्धि भएको एनसीएचएलले जानकारी दिएको छ ।

नेपाली संस्कृतीसँग जोडिएको दसैँका बेला नगद लेनदेन निकै बढ्छ । अन्य चाडपर्वमा पनि नगद लेनदेन उल्लेख्य मात्रामा हुने गरेपनि दसैँका बेला यसको आकार निकै बढ्ने गर्छ । बैंक वित्तीय संस्थाहरू तथा विभिन्न भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरूको पहलमा चाडपर्वमा समेत विद्युतीय कारोबारको प्रयोग निकै बढ्ने गरेको छ ।

Read More
  • MBL - below news