नेपाल राष्ट्र बैंकले इन्टरनेट तथा ई–कमर्श लगायतका कारोबार वापत अनलाईन वित्तीय सेवा विदेशमा (Online Financial Services) मार्फत विदेशबाट नेपालमा विदेशी मुद्रा रकमान्तर गर्न सकिने गरी देहाय बमोजिमको व्यवस्था गरिएकोले इजाजतपत्रप्राप्त बैंकहरु, अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकहरु एवम्सरोकारवाला सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
१. यस प्रयोजनका लागि विशेषतः सूचना प्रविधि सम्बद्ध दक्षता÷विज्ञताको निकासी विक्री वापत प्राप्त हुने रकम, सामाजिक सञ्जालमा सामग्रीहरु राखिए वापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तरराष्ट्रिय व्यावसायिक/व्यापारिक कारोबार वापत प्राप्त हुने रकम लगायतका रकमहरु मान्य हुनेछन् ।
२. स्वदेशी बैंकको खातामा विदेशी मुद्रा प्राप्त भए पश्चात्भुक्तानी सेवा प्रदायक (बैंक तथा वित्तीय संस्था समेत) ले सञ्चालन गरेको ग्राहकको वालेट लगायत भुक्तानीका उपकरणमा तोकिएको सीमा सम्मको रकम स्वदेशी मुद्रामा रकमान्तर गर्न सकिनेछ ।
३. उपर्युक्त अनुसार विदेशी मुद्रा आर्जन गर्ने क्रममा तोकिए बमोजिमको शुल्क, रोयल्टी लगायत आवश्यक परी सो को भुक्तानी विदेशमा पठाउनु पर्ने भएमा यस बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट जारीे निर्देशनको पालना गर्नुपर्नेछ ।





