मनोज ज्ञवाली नबिल बैंकको डीसीईओमा बढुवा


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मनोज ज्ञवाली नबिल बैंकको डीसीईओमा बढुवा

मनोज ज्ञवाली नबिल बैंकको डेपुटी सीईओमा बढुवा भएका छन् । एकवर्ष अघि डीजीएमको रुपमा नबिल बैंकमा प्रवेश गरेका ज्ञवालीलाई नबिल बैंकको सञ्चालक समितिले डीसीईओमा बढुवा गरेको हो । 

नबिल बैंकले महाप्रबन्धकलाई डेपुटी सीईओको जिम्मेवारी दिँदै आएकाले महाप्रवन्धकमा बढुवा भएका ज्ञवाली डेपुटी सीईओ बनेका हुन् ।

चार्टर्ड एकाउन्टेनसमेत रहेका उनीसँग राष्ट्र बैंकमा ७ वर्ष काम गरेको अनुभव छ । 

राष्ट्र बैंकको जागिर छोडेर ग्लोबल आएमई बैंकमा गएका ज्ञवाली नबिल बैंकमा प्रवेश गर्नुअघि ज्योति विकास बैंकको सीईओ थिए ।

Read More