क्रिप्टोकरेन्सीले २००८ को जस्तै विश्वव्यापी मन्दी निम्त्याउने सक्ने चेतावनी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
क्रिप्टोकरेन्सीले २००८ को जस्तै विश्वव्यापी मन्दी निम्त्याउने सक्ने चेतावनी

लन्डन (बेलायत) । भर्चुअल मुद्राको कठोर नियमन गरिएन भने यसले सन् २००८ मा देखिएको विश्वव्यापी आर्थिक संकट जत्तिकै मन्दी निम्त्याउन सक्ने चेतावनी बेलायतको केन्द्रीय बैंक ‘बैैंक अफ इंगल्यान्ड’ (बीओई) का उप–गभर्नरले चेतावनी दिएका छन् ।

बुधवार एक भाषणका क्रममा उपगभर्नर जोन कनलिफले यस्तो बताएका हुन् । पाँच वर्षमा क्रिप्टोकरेन्सीको बजार पूँजीकरण १६ अर्ब डलरबाट २३ खर्ब डलरमा पुगेकोतर्फ औंल्याउँदै उनले यस्तो भनेका थिए । 

वित्तीय प्रणालीमा केही कुरा तीव्र गति बढयो र यो मूलतः नियमनमा आएन भने वित्तीय अधिकारीहरुले बसेर यसबारे ध्यान दिनुपर्ने कनलिफको भनाइ छ । 

Read More