असोज २४, काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले ३० प्रतिशत हकप्रद शेयर सोमवारदेखि निष्कासन गर्ने भएको छ ।
कम्पनीले १० बरावर ३ अनुपातमा रू. १०० अंकित दरको २४ लाख ३३ हजार ३६३ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
उक्त हकप्रद शेयरमा आवेदनकले कात्तिक १४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि असोज १ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा भदौ ३१ गतेसम्म कायम शेयधनीले उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । एक्सेल डेभलपमेण्ट बैंकका सम्पूर्ण शाखा कार्यलयहरु,आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिने छ ।






