दशैं टिप्स : दक्षिणाबाट खाता खोलाउने, खाली समय डिजिटल कारोबार सिकाउने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
दशैं टिप्स : दक्षिणाबाट खाता खोलाउने, खाली समय डिजिटल कारोबार सिकाउने

नेपालीहरुको महान् चार्ड दशैँ नजिकिँदै गर्दा अविभावकहरु खर्च बढ्ने पीरमा छन् भने बालबालिकाहरु दक्षिणा पाइने खुसीमा रमाईरहेका छन् । वित्तीय साक्षरताको अभावमा मानिसहरु धेरै खर्च गर्ने र बचतमा ध्यान नदिने प्रवृत्ति अपनाइरहेका छन् । बचतको महत्व नबुझ्दा मानिसहरुले आफ्नो जीवनस्तर उकास्न सकिरहेका छैनन् ।

वित्तीय साक्षरता भन्नु पैसाले कसरी, कति र के काम गर्छ भनी बुझ्न सक्ने हुनु हो । वित्तीय साक्षरताको अभावमा व्यक्तिले परिवार व्यवस्थापन तथा व्यवसाय सञ्चालन गर्ने क्रममा कमजोर निर्णय गर्न सक्छ, जसले परिवारको वित्तीय सबलतामा प्रभाव पार्न सक्छ । परिवारको वित्तीय सबलतामा नकारात्मक प्रभाव पर्नु भनेको कुनै–कुनै तरिकाले राष्ट्रलाई नै असर पर्दै जानु हो ।

बचत गर्ने बानीको विकास बाल्यकालदेखि नै गराउन सक्यो भने यो समस्यामा कमीआउन सक्ने विज्ञहरु बताउँछन् । स्कुल लेभलका पाठ्यक्रममा नै समावेश गरेर बालिबालिकालाई आम्दानी, बचत, लगानी लगायतका विषयमा जानकारी दिनुपर्ने आवश्यकता महशूस गरिएको छ । त्यसअघि, बालबालिकाका अभिभावकले नै आफ्ना सन्तानलाई बचत गर्ने बानी बसाल्न सक्यो भने भविष्यमा धेरै सहज हुन सक्छ । 

Read More