बाग्लुङ र बेनीमा "युवा सँग–महालक्ष्मी लाईफ" कार्यक्रम सम्पन्न


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बाग्लुङ र बेनीमा

महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आश्विनको पहिलो हप्ताबाट प्रारम्भ गरेको "युवा सँग—महालक्ष्मी लाईफ" बीमा जागरण राष्ट्रिय अभियान  छोटो अवधिमा व्यापक हुँदै गइरहेको छ । यसै सिलसिलामा म्याग्दीको बेनी र बागलुङ बजारमा पनि बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत "युवा सँग - महालक्ष्मी लाईफ" कार्यक्रम सम्पन्न भएको छ ।

आज बिहान बेनी सामूदायिक माध्यमिक विद्यालयमा सञ्चालन भएको कार्यक्रममा १०५ जना विद्यार्थीहरु सहभागी भएका थिए । प्रधानाध्यापक काशिराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य एजेन्सी म्यानेजर दिलमाया विटालुले राखेकी थिइन् । सावित्रा खत्रीले सञ्चालन गरेको कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक प्रशान्तराज धमला र क्षेत्रिय प्रमुख जमुना आचार्यले युवा विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए । 

Read More
  • MBL - below news