फेसबुकका सबै एप एकसाथ डाउन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
फेसबुकका सबै एप एकसाथ डाउन

काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल फेसबुक सहित कम्पनीका सबै एपको सेवा डाउन भएको छ । सोमबार राति सवा ९ बजेपछि फेसबुकसँगै ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेञ्जरको सेवा एक्कासी अवरुद्ध भएको हो ।

डाउन डिटेक्टरमा ठूलो संख्यामा प्रयोगकर्ताले फेसबुक डाउन भएको रिपोर्ट गरेका छन् । फेसबुकको सेवा अवरुद्ध भएको केही मिनेटमै ३९ हजारभन्दा बढीले त्यसको रिपोर्ट डाउन डिटेक्टरमा गरेका हुन् ।

नेपाल सहित विभिन्न देशमा फेसबुक, म्यासेञ्जर, ह्वाट्सएप र इन्स्टाग्रामको सेवा पूर्णतः बन्द भएको छ । डाउन डिटेक्टरमा गरिएको रिपोर्ट अनुसार नेपाल सहित एसिया, अमेरिका, युरोप लगायतका विभिन्न देशमा कम्पनीको सेवा अवरुद्ध भएको हो ।

Read More