लोअर इर्खुवा हाइड्रोले आईपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लोअर इर्खुवा हाइड्रोले आईपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

लोअर इर्खुवा हाइड्रोपावरले आईपिओ निष्काशन गर्नको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा लोअर इर्खुवा हाइड्रोपावरको तर्फबाट प्रबन्ध संचालक विश्वेश्वर सुवेदी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्। 

लोअर इर्खुवा हाइड्रोपावर लिमिटेडले जारी पूँजी मध्ये १० प्रतिशत अर्थात ७,००,००० कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानिय बासिन्दाहरुलाई र २० प्रतिशत अर्थात १४,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्न लागेको हो । हाल कम्पनीको अधिकृत पूँजी रु.९० करोड, जारी पूँजी रु.७० करोड र चुक्ता पूँजी रु.४९ करोड रहेकोछ । स्थानीय बासिन्दा तथा सर्वसाधारणहरुमा शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पूँजी रु.७० करोड हुनेछ । 

Read More
  • MBL - below news