काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले ज्येष्ठ नागरिकका लागि बन्डल अफर सहितको आकर्षक निःशुल्क सिम योजना सार्वजनिक गरेको छ । कम्पनीले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२१ को अवसरमा शुक्रबारबाट लागू हुने गरी यो योजना ल्याएको हो ।
योजना अन्तर्गत ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरूले निःशुल्क रुपमा एनसेलको सिम लिन सक्नेछन् । जसमा ५० रुपैयाँ वा सो भन्दा बढीको हरेक रिचार्जमा छ महिनासम्म बोनसको रुपमा विभिन्न सेवा सुविधा पाउन सकिनेछ ।
यो योजना अन्तर्गत पहिलो ५० रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा ज्येष्ठ नागरिकहरुले १०० एमबी डेटा र १०० ओटा अन नेट एसएमएस बोनस पाउनेछन् । त्यस्तै पहिलो रिचार्जपछि ज्येष्ठ नागरिकहरूले थप विषेश छुट सहितका भ्वाइस, डेटा र भारत कल सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।





