नेटवर्किङ व्यवसायमार्फत ठगी गर्ने २ भाइ पक्राउ


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेटवर्किङ व्यवसायमार्फत ठगी गर्ने २ भाइ पक्राउ

नेटवर्किङ व्यवसाय भन्दै अनलाइन माध्यमबाट ठगी गर्ने २ जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेको धुलिखेल घर भई चावहिल बस्ने २७ वर्षीय नवराज गौतम र रामेछापको खाँडादेवी गाउँपालिका घर भई बौद्ध बस्ने २५ वर्षीय विनोद महते रहेका छन् । 

भारतको सिलीगुडीमा इजाजतविना नै सञ्चालनमा रहेको इम्पोरियम मार्केटिङसँग सम्पर्क गरी पिरामिड शैलीमा सदस्य बनाएर रकम पठाउन लगाई ठगी गरेको महाशाखाले जनाएको छ ।

Read More