सूचना प्रविधको विकासबारे विज्ञसँग छलफल गर्न माग


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सूचना प्रविधको विकासबारे विज्ञसँग छलफल गर्न माग

प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले सरोकारवालाहरुसँग विस्तृत छलफल गरेर मात्रै सूचना प्रविधि क्षेत्रको विकासमा लाग्न सरकारलाई आग्रह गरेकी छिन् ।
सभापति खड्काले निजी क्षेत्रको गुनासोलाई सम्बोधन नगरी सूचना प्रविधि क्षेत्रको विकासले गति लिन नसक्नेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।
मंगलबार काठमाडौंमा आयोजित सूचना प्रविधि क्षेत्रको विकाससम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनले निजी क्षेत्रले सरकार पुग्न नसकेको ठाउँमा पनि सूचना प्रविधिको विकास गरेको पु¥याएको उल्लेख गर्दै त्यसलाई ग्रहण गरेर सरकारी निकायहरुले पनि अघि बढनुपर्ने आवश्यक्ता औंल्याइन् । “सरोकारवालाहरुसँग विस्तृत छलफल गरौं । सूचना प्रविधि क्षेत्रको विकासका लागि विज्ञहरुको पनि परामर्श लिऔं” उनले भनिन्, “यसको क्षेत्रको विकासमा एकीकृत ढंगले लाग्न पनि सरकारकोध्यानाकर्षण गराउँछु ।”


सभापति खड्काले सूचना प्रविधि क्षेत्र नयाँ भएकाले यसको विकासमा सरोकारवाला निकायहरुसँग बलियो सहकार्य गरेर अघि बढन सरकारलाई पटकपटक निर्देशन दिइएको बताइन् । उलेसूचना प्रविधि क्षेत्रको विकासमा एकीकृत खालको योजना ल्याउन पनि सरकारको ध्यानाकर्षण गराइन् ।

Read More