काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोटेश्वर शाखाबाट प्रविण गौलीले घातक रोग बीमा दावी भुक्तानी प्राप्त गरेका छन् । २०७७ पुस १५ गते ६ लाखको जीवन बीमासहित घोतक रोग वापत गौलीलो एकहजार ५० रुपैयाँ शुल्क तिरी घातक रोगसमेतको बीमा गराएका थिए ।
नेपाल लाइफले १८ ओटा घातक रोगको बीमा दावी भुक्तानी गर्दै आएको छ । सो मध्ये बीमक गौलीलाई मुटुमा समस्या देखिएपछि उपचार खर्चवापत कम्पनीका कोटेश्वर शाखा प्रबन्धक ज्ञानेन्द्रमान तुलाधरले ६ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।
रकम हस्तान्तरण कार्यक्रममा कम्पनीका वरिष्ठ एजेन्सी म्यानेजर दिपक थापा, बास्ना गौली र कर्मचारी अनुज कुमार झा, प्रियंका कार्कीलगायतको उपस्थिति रहेको थियो ।








