भोलि बिहानसम्म फोनपेको क्यूआर पेमेन्ट बन्द हुने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
भोलि बिहानसम्म फोनपेको क्यूआर पेमेन्ट बन्द हुने

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक कम्पनी फोनपेको सेवा आज राति १० बजेदेखि भोलि बिहान ६ बजेसम्म बन्द हुने भएको छ । सिस्टम अपग्रेड गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने कम्पनीले जनाएको छ ।

यसक्रममा फोनपेको हब अर्थात् युटिलिटी पेमेन्ट तथा क्यूआर पेमेन्ट सेवा अवरुद्ध हुनेछ । ‘यसबाट ग्राहकहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ,’ कम्पनीले जारी गरेको सूचनामा उल्लेख  गरिएको छ । भोलि बिहान ६ बजेपश्चात् कम्पनीका सबै सेवा पूर्ववत् रुपमा सुचारु हुने फोनपेले जनाएको छ । 

Read More