काठमाडौं : रिज लाइन इनर्जीले आइपीओ निष्कासन गर्नका लागि प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौतामा रिज लाइन इनर्जीका तर्फबाट वसन्त गिरी तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।
कम्पनीले गोरखा जिल्लाको अजिरकोट २ मा अवस्थित चेपे नदीमा ९.०५ मेगावाट क्षमताको सुपर चेपे हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीले अधिकृत तथा जारी पुँजी ६९ करोड ४२ लाख ९० हजार को ३० प्रतिशतले हुन आउने २० करोड ८२ लाख ८७ हजार रुपैयाँ बराबरको २० लाख ८२ हजार ८ सय ७० कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।






