एक्सेल डेभलपमेण्ट बैंकको तीन हजार कित्ता संस्थापक शेयर सोमवारदेखि लिलामीमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एक्सेल डेभलपमेण्ट बैंकको तीन हजार कित्ता संस्थापक शेयर सोमवारदेखि लिलामीमा

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको तीन हजार कित्ता संस्थापक शेयर असोज ११ गते सोमवारदेखि लिलामीमा आएका छ । कम्पनीले शेयरधनी खगेन्द्र नाग ढुंगानाको नाममा रहेको उक्त शेयर विक्रीका लागि ३५ दिने सुचना सोमवार सार्वजनिक गरेको हो । 

यो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात सहित तोकिएको मितिभित्र कम्पनीको केन्द्रिय कार्यालय विर्तामोड झापामा निवेदन दिनुपर्नेछ । विद्यमान संस्थापकहरुबाट तोकिएको अवधिभित्र आवेदन नपरेमा वा बाँकी रहन गएमा उक्त शेयर अन्य व्यक्तिलाई विक्री गरिने समेत कम्पनीले जानकारी दिएको छ । 

Read More
  • MBL - below news