मिर्मिरे लघुवित्त वित्तीय संस्था १२औँ वर्षमा प्रबेस, रक्तदान कार्यक्रम गरि मनायो वार्षिकउत्सव


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मिर्मिरे लघुवित्त वित्तीय संस्था १२औँ वर्षमा प्रबेस, रक्तदान कार्यक्रम गरि मनायो वार्षिकउत्सव

बनेपा  । बनेपाको केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. ले आज आफ्नो एघारौं वार्षिकउत्सव कार्यक्रम मनाएको छ । संस्थाका अध्यक्ष टेक बहादुर बोहराले केन्द्रीय कार्यालयमा दिप प्रज्वलन गरि सम्पूर्ण सरोकारवाला निकाय, नीयमन निकाय, सेयरधनीहरु, संस्थामा आवद्ध सदस्यहरु तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन तथा शुभकामना दिएका छन् ।

शुभकामना कार्यक्रम पश्चात नेपाल रेडक्रस सोसाइटी बनेपा शाखाको आयोजनामा केन्द्रीय कार्यालयको प्राङ्गणमा नै रक्तदान कार्यक्रमको आयोजना गरिएका होे । रक्तदान कार्यक्रममा स्थानीय व्यक्तित्वहरु, बैंक तथा वित्तीय संस्थाका कर्मचारी तथा संस्थाकै कर्मचारीहरुले रक्तदान गरेका थिए । पछिल्लो समयमा अस्पतालहरुमा रगतको अभाव भइरहेको समयमा विभिन्न संस्थाहरुले निरन्तर कार्यक्रम गरिरहँदा पनि रगतको पुर्ति हुन गाह्रो भइरहेको समयमा मिर्मिरेले आयोजना गरेको रक्तदान कार्यक्रमले थोरै भए पनि सहज भएको नेपाल रेडक्रस सोसाइटी बनेपाका प्राविधिक राधा थापाले बताईन् ।

Read More
  • MBL - below news