विस्तार हुँदै मोबाइल बैंकिङ : १ करोड ४१ लाख पुगे प्रयोगकर्ता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
विस्तार हुँदै मोबाइल बैंकिङ : १ करोड ४१ लाख पुगे प्रयोगकर्ता

काठमाडौं । नगदरहित (क्यासलेस) कारोबारको उपयुक्त माध्यम मानिएको मोवाइल बैंकिङको व्यापक रूपमा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विभिन्न प्रतिवेदनहरूले पछिल्लो समय मोबाइल बैंकिङको प्रयोगकर्ता उच्च मात्रामा बढेको देखिएको हो ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड ४१ लाख ९४ हजार ८३९ पुगेको छ । पछिल्लो १ वर्षमा मात्र यस्तो संख्या २६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आव २०७६/७७ को अन्त्यसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड १३ लाख ६ हजार रहेको थियो ।  

पछिल्लो समय राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाहरूले नगदरहित कारोबारमा जोड दिँदै आएका छन् । त्यसको उपयुक्त माध्यमका रूपमा मोबाइल बैंकिङलाई लिइएको छ । यसबाट अर्को बैंक खातामा रकम जम्मा गर्ने, पानी/बिजुली/इन्टरनेटको बिल भुक्तानी गर्ने, रिचार्ज गर्ने, हवाई टिकट काट्ने, बीमाशुल्क भुक्तानी गर्नेलगायत थुप्रै सुविधा हुन्छन् । क्यूआर कोडमार्फत पनि भुक्तानी गर्ने सुविधा यसमा हुन्छ ।

Read More