सर्च इन्जिन कम्पनी गुगलले अमेरिकाको न्युयोर्कमा कार्यालय भवनका लागि झन्डै साढे २ खर्ब रुपैयाँ खर्च गर्ने भएको छ।
गुगलका प्रमुख आर्थिक अधिकृत (सिएफओ) रूथ पोराटले २.१ अर्ब डलर (२ खर्ब ४७ अर्ब रुपैयाँ) खर्चेर म्यानहटनमा कार्यालयका लागि भवन किन्ने योजना सार्वजनिक गरेका हुन्।
अमेरिकी समाचार पत्र द न्युयोर्क टाइम्सले कोरोना महामारीपछि सुस्ताएको म्यानहटनको रियल स्टेट कारोबारमा गुगलको यो घोषणाले आशाको सञ्चार गरेको बताएको छ।
सन् २०१९ को अन्त्यदेखि सुरू भएको कोरोना महामारीका कारण अझै पनि धेरै कम्पनीहरूले सबै कर्मचारीहरूलाई कार्यालयमा नबोलाई वर्क फ्रम होममा राखेका छन्।





