एसियन लाइफ इन्स्योरेन्सले ल्यायो परिवार आय लाभ बीमा योजना


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एसियन लाइफ इन्स्योरेन्सले ल्यायो परिवार आय लाभ बीमा योजना

काठमाडौँ। एसियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना सार्वजनिक गरेको छ। कम्पनीले नयाँ जीवन बीमा योजना “सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना” को घोषणा गरेको हो। 

सो कम्पनीका सञ्चालक समितिका अध्यक्ष दीपक कुमार श्रेष्ठलगायतको उपस्थितिमा आयोजित कार्यक्रममा मङ्गलवार यो जीवन बीमा योजना सार्वजनिक गरिएको हो। यस बीमा योजनाको मुख्य विशेषता परिवारको एक जना अभिभावकको आम्दानीमा निर्भर हुने परिवारको भविष्यमा आइपर्न सक्ने पैसाको खाँचोलाई सहजरुपमा व्यवस्थापन गर्ने उद्देश्यले संचालनमा ल्याएको कम्पनीले जनाएको छ।

मुनाफामा सरिक नहुने यस जीवन बीमा योजनामा बीमितले अतिरिक्त बीमाशुल्क भुक्तानी गरेर अतिरिक्त लाभहरू जस्तै: दुर्घटना मृत्यु लाभ,स्थायी अपाङ्ग/अशक्त सुविधा र बीमाशुल्क छुट सुविधा थप गर्न सकिने व्यवस्था रहेको छ ।

Read More
  • MBL - below news