असोज ५, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको साढे तीन घण्टाको अवधिमा पाँच ओटा धितोपत्रको शेयरमा उच्च खरीद माग रहेको छ ।
कारोबारमा आएका २१९ ओटा धितोपत्रमध्ये नबिल ब्यालेन्स फण्ड- २, एनएमबि फिप्टी,ग्लोबल आइएमई समुन्नत स्किम - १, सिद्धार्थ इक्विटी फण्ड र नेशनल हाइड्रोपावरको शेयरमा उच्च खरीद माग रहेको छ ।
ती पाँच ओटा धितोपत्रमध्ये नबिल ब्यालेन्स फण्ड - २ को ६ लाख २८ हजार ३०० इकाई खरीद माग रहेको छ ।








