काठमाडौं । अब स्थानीय तहको एपबाटै कर तथा बिजुलीको बिल भुक्तानी गर्न सकिने भएको छ । देशभर रहेका ७५३ ओटै स्थानीय तहका लागि निर्माण गरिएको मोबाइल एपमार्फत यस किसिमको सुविधा दिन थालिएको हो ।
विभागका अनुसार हाललाई २१ ओटा स्थानीय तहको कर प्रणाली एपमा आवद्ध भइसकेको छ । जसमा काठमाडौं महानगरपालिका, विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, हेटौंडा उपमहानगरपालिका, बुटवल उपमहानगरपालिका र धुलिखेल नगरपालिका रहेका छन् ।





