काठमाडौँ / महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले ‘युवासँग महालक्ष्मी लाईफ’ बीमा जागरण राष्ट्रिय अभियान सुरु गरेको छ ।
कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेलमा असोज २ र ३ गते आयोजित राष्ट्रिय सम्मेलनमा दुई वर्षे सो कार्यक्रमको उद्घाटन गरेको हो ।
सम्मेलनमा मेचि देखि महाकालीसम्मका ९० भन्दा बढी युवा अभिकर्ता र अधिकृत कर्मचारीहरूको उपस्थिति रहेको थियो।
आ.व. २०७८/०७९ भित्र यो कार्यक्रम सञ्चालन गर्न महालक्ष्मी लाईफको सञ्चालक समितिले रु. २० लाख बजेट विनियोजन गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताए ।
उनका अनुसार ‘काम गरी आय आर्जन गरौं – बीमा गरी सुरक्षित बनौं’ भन्ने मूल नारालाई लिएर बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम मार्फत युवा माझ गई बेरोजगार र कामको खोजीमा रहेका युवालाई आर्थिक रूपमा सक्रिय पार्ने लक्ष्य रहेको छ।






