एनसीएचएल आईपीएस प्रणालीमा अब ३ बजेसम्म कारोबार हुने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनसीएचएल आईपीएस प्रणालीमा अब ३ बजेसम्म कारोबार हुने

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबाट सञ्चालित अन्तरबैंक भुक्तानी प्रणाली ‘एनसीएचएल-आईपीएस’ बाट ३ बजेसम्म कारोबार हुने भएकाे छ ।

बैंकका ग्राहकको कारोबार, नेपाल सरकार, पूँजी बजार, अर्धसरकारी संस्थालगायतका विभिन्न कारोबारलाई अझ प्रभावकारी र सहज गर्न प्रणालीमा काराेबार समय थप गरिएकाे हाे ।

एनसीएचएल आईपीएस प्रणालीमा विहानको ९ बजेदेखि दिनको ३ बजेसम्म (आइतबारदेखि बिहीवारसम्म नेपाली मुद्रा र सोमवारदेखि बिहीवारसम्म वैदेशिक मुद्रा) प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमानै फर्छ्यौट हुने व्यवस्था यही असोज ४ देखि लागू हुने भएको छ ।

यसअघि बिहानको १० बजेदेखि दिनको १ बजेसम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा फर्छ्यौट हुनेगरेको छ । उक्त समय सीमा वृद्धिपछि प्रणालीमा आएका कारोबारहरु अर्को दिनमा फर्छौट हुने व्यवस्था यथावत् रहने छ ।

त्यसैगरी दिनको ३:३० बजेसम्म प्राप्त भएका बैंकको आफ्नो ट्रेजरी पेमेन्ट सम्बन्धी भुक्तानी आदेशहरु सोही दिनमा फर्छ्यौट हुनेछन् ।

शुक्रबारको दिन १२ः३० बजेसम्म प्राप्त भएका भुक्तानी आदेशहरु पनि सोही दिनमा फर्छौट हुने व्यवस्था मिलाइएको छ ।

Read More
  • MBL - below news